मनोरञ्जन

चलचित्र ‘सायाबुङ’ काठमाण्डौमा प्रदर्शन, दर्शकको घुइचो

काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को भव्य प्रदर्शन भएको छ । किरात राई या योक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमाहलमा शनिबार विशेष प्रदर्शनी भएको हो ।

द ह्वाइट फेसको आयोजनामा सम्पन्नभएको कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खाका कार्यबहाक अध्यक्ष दिवश राईले फिल्म निर्माण टिमलाई बधाई दिए । प्रिमियर शो उद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदान पुग्ने बताए ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा संघीय सांसद सुदन किरातीले संस्कृती संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए । व्यापक दर्शकको उपस्थितिले हलमा अटाउन हम्मेहम्मे परेको थियो । दर्शकको उपस्थितिले आफुलाई थप काम गर्ने जाँगर आएको मात्र नभएर गर्व महसुस भएको निर्मात्री साया राईले बताइन ।

द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रले किरातीहरुको परम्परागत मूल्य, मान्यता, प्रेम तथाविवाह जस्ता संस्कारहरु समेत समेटिएको छ ।

चलचित्रको नामकिराती सभ्यतार भाषाबाट लिइएको भए पनि चलचित्र नेपाली भाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको चौरीगोठ पालनको संस्कृतीलाई पनि चलचित्रमा समेटिएको छ । बस्ती भन्दा धेरै टाढा गोठ पालन गरि बस्ने युवा र बस्तीमा रहेकी युवती बीच झांगिएको प्रेम वरिपरि फिल्मको कथा घुमेको छ ।

सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका हुन । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंगथापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपालामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।

काठमाडौंको विशेष प्रदर्शन पछि झापा, बिर्तामोड, इलाम, धरानलगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए ।