आर्थिक

हिलटप जुनारको अध्यक्षमा घिमिरे चयन, बृद्ध सदस्यको ५० हजार रुपैयाँसम्म खर्च ब्यहोर्ने

काठमाडौं । राजधानीको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यिय सहकारी संस्थाको नवौं बार्षिक साधारणसभाले बासुदेव घिमिरेलाई सर्बसम्मतले अध्यक्षमा चयन गरेको छ । त्यस्तै रिक्त उपाध्यक्षमा देवी खड्का र सदस्यमा विनोदकुमार थापालाई चयन गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण गिरीले राजिनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । यसअघि उपाध्यक्ष रहेका घिमिरे अध्यक्षमा चयन भएपछि रिक्त उपाध्यक्षमा खड्कालाई चयन गरिएको हो ।
संस्थाको साधारणसभाले आगामी ४ बर्षका लागि रणनीतिक योजनासमेत पारित गरेको छ । उक्त रणनीतिक योजनाले त्यस अबधिमा सदस्य संख्या ७ हजार पु¥याउने,
संस्थाको शेयर पुजी ६ करोड ५० लाख पु¥याउने, कुल बचत ३७ करोड पु¥याउने, आफ्नै भवन निर्माण गर्ने, विभिन्न स्थानमा ३ वटा सेवा केन्द्र स्थापना गर्ने, सिन्धुली जिल्ला कार्यक्षेत्र विस्तार गरी जुनार, पशु पंक्षि तथा कृषि संग सम्बन्धीत कार्यहरु गर्ने र सदस्यहरुबाट उत्पादीत जुनार लगायतका फलफुल,तरकारी, मासु तथा कृषिजन्य वस्तुहरु प्रशोधन र बजारीकरण गर्ने लक्ष लिएको छ ।

संस्थाका अध्यक्ष घिमिरेले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका ७० वर्षभन्दा माथिका उमेर समूहका सदस्यहरुको स्वास्थ जिवन विमा गरी ५० हजार रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइने बताए । यस्तै यस वर्षदेखि महिला सदस्य सुत्केरी भएमा १हजार नगद वा सो वरावरको सुत्केरी स्याहार सामग्री सहित एक थान खुत्रुके संस्थाले उपलब्ध गराउने भएको छ ।

सदस्यको मृत्यू भएमा सात दिन भित्र संस्थाबाट मृत्यूमा सोक व्यक्तगर्न संचालक तथा सदस्यहरु अनिवार्य रुपमा जाने भएका छन् । संस्थाले सदस्यको मृत्यू भएमा किरिया खर्चबापत सदस्यको परिवारलाई १० हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था साधारणभाबाट गरिएको छ ।

साधारणसभामा प्रबन्ध संचालक सुमनविक्रम थापाले चालु आर्थिक बर्षका लागि आयब्ययको विवरण ९बजेट० प्रस्तुत गरेका थिए । ।थापाका अनुसार संस्थाको शेयर पूँजि २ करोड ३८ ८४ हजार पुगेको छ । गत बर्ष संस्थाले ८ करोड ८ लाख ४८ हजार रुपैयाँ बचत संकलन गरेर २० करोड ४६ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस अबधिमा संस्थाले २२ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थामा रहेका विभिन्न कोषहरुमा १ करोड २७ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । संस्थाका अहिले बाल सदस्यसहित १ हजार ४ सय ४१ सदस्य छन् ।

कार्यक्रममा लेखा समितिका संयोजक नारायणदेव श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको उद्घाटन सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले गरेका थिए ।