समाचार

राष्ट्रियसभामा चार विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन् ।