??? गजल ???
“बिख सरी झुटो माया पिलाएर जानेलाई,
छिया छिया भाको मुटु सिलाएर जानेलाई,
जवानीका सारा खुसी साचेको थे उनका लागि,
त्यहि मनको छेउ कुना जिलाएर जानेलाई,
कल्पनामा हरेकपल उसकै नाम जप्दै बसे,
भन्न के नै सक्छु दुख दिलाएर जानेलाई,
सायद गल्ती मेरै थियो एकोहोरो माया गर्नु,
एकै छिनको सपनिझै बिलाएर जानेलाई”