समाचार

कञ्चनपुरमा चकलेट दिएर बाजेद्धारा ६ बर्षिया नातिनी बलात्कार

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ ।

नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

“सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य शुरु गरेका छौ” उनले भनिन । सार्कीको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भूर्ति नगरपालिका घर भएका सार्की तरकारी बेच्दै आइएकी थिइन् ।

यसैबीच कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा अन्दाजी ५५ वर्षीय भीमलाल शर्मा आज मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर नजिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिए।

श्रीमतीको हत्या

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ टुडिखेल सिङ्गापुरका ४५ वर्षीय चन्द्र पुनमगरले ३५ वर्षीया आफ्नै श्रीमती बिमला पुनमगरको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । मगरको घर परिवारलाई उद्धृत गर्दै उनले भने, “श्रीमान श्रीमतीलेसँगै मदिरा सेवन गरेपछि विवाद भयो । आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरे ।”

श्रीमतीको हत्या गरेर मगर राति नै भारततर्फ फरार भएको र खोजतलासको कार्य जारी रहेको उनले बताए । भीमदत्तनगर बजारभन्दा झण्डै ४० किलो मिटर उत्तरतर्फ चुरेको विकटमा बस्ती रहेकाले हत्या बारे प्रहरीले शनिवबार बिहान मात्रै जानकारी पाएको थियो ।

घटना स्थलबाट शव पैदल नै बाकेर १० किलो मिटरको यात्रा तय गर्नुे अवस्था रहेको छ ।

बलात्कारको आरोपमा पक्राउ

दुई जना छ वर्षका बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

दुई जना बालिकालाई विद्यालयबाट फर्कने क्रममा चकलेट दिएर कोठामा लागि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । भदौ १५ गते विष्टले दुवै जना बालिकामाथि बलात्कार गरेका भएपनि बालिकालाई मार्ने धम्की दिँदा बालिकाले अभिभावकलाई सो कुरा नभनेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।

शु्क्रबार बलात्कार भएकामध्ये एक बालिकाले आफ्नी आमालाई बाजेले हामीमाथि अनैतिक कार्य गरेको भनेपछि अभिभावकले विष्ट विरुद्ध इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी गरेका हुन् । मौखिक उजुरीका आधारमा विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

“प्रारम्भीक बयानमा विष्टले दुवै बालिका आफ्ना नातिनी जस्ता भएकाले बलात्कार जस्तो अनैतिक कार्य नगरेको बताएको छ”, प्रहरी निरीक्षक बमले भने । यथार्थ पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिएको र सोही आधारमा कारवाही प्रकृया अगाडि बढाइने बताइएको छ ।