राजनीति

दिमागमा बादल लागेको गृहमन्त्री जनतालाई नचाहिने भन्दैँ गगन थापाले मागे बादलको राजिनामा

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापाले सोच र क्षमतामा बादल लागेको गृहमन्त्री जनतालाई नचाहिने बताएका छन् । शनिबार प्रतिनिधीसभा बैठकमा बोल्दैँ नेता थापाले देशमा जघन्य अपराध हुदाँ समेत आफ्ना संयन्त्रहरु जोगाउन लागेका भन्दैँ गृहमन्त्री राम बहादुर थापा बादलको अप्रत्यक्ष तरिकाले राजिनामा मागेका हुन् । यस्तो गर्दासमेत ग्लानी बोध नहुने गृहमन्त्रीको बादलको क्षमता र सोचमै बादल लागेको आरोप लगाए।

नेता थापाले गृहमन्त्री थापालाई भने, ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं, कामचोर व्यवसायीलाई कानून नै नबनाइ पक्रनुभयो आफैं छोड्नुभयो हामी बोलेनौं। डाक्टर भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं। लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं, सांसद थापाले भने, हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठीकै हो क्षमतामा केही बादल लागेको मात्रै हो। तर हिजो हामी जब बोल्यौं गृहमन्त्रीजी पनि बोल्नुभयो। सभामुख महोदय क्षमता र सोचमै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?