पु.समाचार

‘निर्मलालाई न्याय दे’ भन्दैँ राजधानीमा उर्लियो जनसागर (हेर्नुहोस् भिडियो)

काठमाडौं । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दैँ राजधानी लगायत देशैभरी ब्यापक प्रदर्शन भईरहेको छ । राजधानीको माइतीघर देखि बानेश्वर लगायत अन्य थुप्रैँ ठाउँमा निर्मला घटनाका दोषीलाई सरकारले अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन् ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिईएको प्रदर्शनमा चर्चित पत्रकार, सेलिब्रेटी, डाक्टरहरु सहित हजारौँको सहभागिता छ । मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?, सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा ?, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

https://youtu.be/iS_-krxfTx0