समाचार

जनस्वास्थ्य विधेयकबारेमा पूनर्बिचार गर्न परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले संसदबाट पारित जन स्वास्थ्य विधेयकबारे आपत्ती जनाएको छ । अध्यक्ष हरिभक्त शर्माले औषधिको सिफारिस जेनेरिकमा नै गर्नुपर्ने व्यवस्था राखिएको उक्त विधेयकबारेमा पूनर्बिचार गर्न संसदलाई आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष शर्माले देशलाई नबिन प्रबिधीको बिकासमा अगाडि लानसक्ने बायोफर्मासीउटिकल उद्योग क्षेत्रलाई अहिले राखिएको ब्यबस्था ऐनका रूपमा कार्यान्वयनमा आएपछी आर्थिक क्षेत्रमा विभिन्न बेफाईदाहरु सिर्जना भएको दाबी गरेका छन् ।

लगानी निरुत्साहित हुने, २० भएको लगानी समेत पलायन हुने डर पैदा भएको लगायत प्रतिकुल असर गर्ने र गरेको परिसंघको भनाई छ । यस्ले भबिष्यमा औषधि उपचारमा ठुलै अस्तव्यस्तता ल्याउने प्राय निश्चित रहेको कुरा हेक्का नराखी विधेयक पारित गरिएको नेपाली उद्योगिहरुको प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई विधेयकबारे पूनर्बिचार गर्न अनुरोध गरेको छ ।