समाचार

मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ: मन्त्री ज्ञावली

चितवन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट भएका महत्वपूर्ण भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गरेको बताए ।

नेपालले छोटो समयमा पूर्वाधार अभाव हुँदासमेत भव्यताका साथ बहुक्षेपीय प्राविधिक प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सम्पन्न गरेको भन्दै उनले यसबाट गर्व गर्नुपर्ने बताए । उनले भने, “ बिम्स्टेकलाई आकार दिने क्षेत्रीय आर्थिक र प्राविधिक सहयोगको प्रभावकारी संयन्त्रका रुपमा प्रयोग गर्ने दृष्टिले राम्रो काम ग¥यौँ ।”

नेपाल र थाइल्याण्डले भारतमा भएको सुरक्षा गोष्ठीमा पर्यवेक्षकका रुपमा सहभागिता जनाएको भन्दै उनले बिम्स्टेकलाई सुरक्षामा भन्दा पनि आर्थिक मुद्दामा केन्द्रित गर्नुपर्ने बताए । सरकारले जिम्मेवारी सम्हालेको ६ महिना कटेको भन्दै उनले यस बीचमा सङ्घीयतालाई आकार दिने काम अघि बढेको बताए ।

निर्मला हत्याकाण्डमा आरोपीलाई संरक्षण ग¥यो भन्नु पूर्वाग्रही टिप्पणी रहेको भन्दै उनले दोषी उम्किन नपाउने बताए।