समाचार

साँसद मीना सुब्बा भन्छिन्, ‘बलात्कारपछि हत्याको प्रमाण नष्ट गर्ने एसपी बिष्टमाथी छानबिन होस’

काठमाण्डौ । नेपाली काँग्रेसकी प्रतिनिधिसभा साँसद मीना सुब्बाले कलिला बालबालीकाहरुमाथी बलत्कार र हत्या हुँदा सम्म गृहमन्त्री थापा अलिकति पनि चित्तबुझ्दो जवाफ दिन नसकेको बताएकी छन् । आज संसदमा बोल्दै नेपाली काँग्रेसकी पुर्ब केन्द्रीय सदस्य समेत रहेकी नेतृ सुब्बाले गृहमन्त्रीको जयको जवाफ सम्पूर्ण महिलाहरुलाई चित्त बुझेको छैन ।
कलिला बालबालीकाहरु बलात्कारपछि हत्या गर्ने जघन्य अपराधी ठूला शक्तीका आडमा बच्ने र बचाउने खेलमा छन् । फौजदारीका अनुसंधान गर्ने दोषी प्रमाणको जिम्मा लिने एसपी डील्लीलाज बीष्ट रक्षक नै भक्षक भई निर्मला पन्तको प्रमाण धोईपखालीमात्र नगरी निर्दोष मगज ठीक नभएको ब्यक्तीमाथी कुटपीट र डरत्रासबाट कबोल नगरे परिवारलाई नै गोली हानिदिन्छु भन्ने बलात्कारपछि हत्या गर्ने कुराको सबैभन्दा ठूलो प्रमाण होईन र भनदै गृहमन्त्रीलाई प्रश्न समेत गरेकी छन् ।
गृहमन्त्री थापाले आजमात्र पन्तका हत्याराहरु चाँडै नै पत्ता लाग्छन् भनेर बताईरहेका बेला नेपाली काँग्रेसकी प्रतिनिधि सभा साँसद मीना सुब्बाका उक्त कडा अभिब्यक्ती आएका हुन् ।
मृगले आफ्नै नाभीमा भएको कस्तुरी नचिनेर अन्त खोजेजस्तै बलात्कारपछि हत्या भएका निर्मला पन्तका हत्याराहरु सरकारले अन्त खोजेको उदाहरण समेत दिएकी छन् ।
उनले बलात्कार र हत्या गर्ने मान्छको सबै प्रमाण नष्ट गर्ने एस पी बिष्ट भएको संकेत गर्दै उनीमाथी नै आशंकासहित छानबिन गर्न कडा शब्दमा संसद तताएकी थिईन् ।