समाचार

राष्ट्रियसभामा सात विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा मौलिक हकसम्बन्धी सात विधेयक टेबुल भएको छ । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘जनस्वास्थ्य विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ र ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गरेका हुन् ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते शनिबार १ बजे बस्ने जनाइएको छ ।