आर्थिक

एनआईसीले ल्यायो यस्ता विशेषतासहित दुई नयाँचमत्कारी कर्जा योजना

काठमाण्डौ । “बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि”भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एनआई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँकर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा रचमत्कारिक घर जग्गाकर्जा” सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरु ग्राहकरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।
चमत्कारिक सवारी कर्जा “एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिनवा पुरानो सवारी साधन साट्नचाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उठाउन सक्नेछन् ।
चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषता भएको बैंकले बताएको छ यस्ता छन् बिशेषता: १.तुरुन्तै कर्जा स्वीकृति  हुने , २. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, ३. अतिन्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने ), ४. आंशिक अथवा पूर्ण रुपमाबिना कुनै शुल्कपूर्व भुक्तानीगरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, ५.मासिकब्याजदर ०.९% मात्र, ६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट, ७. घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था रहेका छन् ।

त्यसैगरी चमत्कारिक घरजग्गा कर्जामा “एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”भन्ने नाराका साथ एनआई सी एशिया बैंक ले चमत्कारिक घरजग्गा कर्जा सार्वजनिक गरेको छ ।

चमत्कारिक घर जग्गा कर्जाका विशेषताहरु १.आफ्नो आम्दानीअनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने, २. अधिकतम५० वर्षसम्मको कर्जा भुक्तानीअवधि, ३. आंशिक अथवा पूर्ण रुपमा विनाकुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिककिस्ता र भुक्तानी अवधि कायमगर्न सकिने, ४. कर्जा रकम घटाई नयाँकिस्ता र भुक्तानी अवधि कायमगर्न सकिने, ५. मासिक ब्याजदर ०.९%मात्र, ६. प्रशासनिक सेवाशुल्कमा विशेष छुट, ७. आधारदरमाभएको परिवर्तन अनुसार मात्रब्याजदर परिमार्जन हुने रहेका छन् ।