बाग्मती

निरन्तर परेको वर्षाका कारण पहिरोले सडक एकतर्फी

चितवन । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः ५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ ।