राजनीति

काठमाण्डौको बाटो चाँडो पीच गर्न संबन्धीत निकायलाई प्रकाशमानको टेलिफोन चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफू निर्बाचित भएको काठमाण्डौ क्षेत्र नम्बर-१ मा छिटोभन्दा छिटो पीच गर्न सरोकारवाला निकायहरुलाई दबबाब दिएका छन् ।

काँग्रेस पुर्बउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बानेश्वरको बिआईसीसी देखी पुरानो बानेश्वर लगायत धेरै क्षेत्रहरुमा बाटो बिस्तारका कारण भत्किएर पानी पर्दा हिलो र घामलाग्दा धुलो भएर जनता आक्रान्त भएको देखेपपछि उनले चेतावनीपूर्ण भाषामा जनताका समस्या तत्काल हल गर्न सडक बिस्तार लगायतका सकारी सरोकारवाला निकायलाई काम समपन्न गर्न निर्देशन दिएको छ ।

आज स्थानीय काँग्रेस नेताहरुसंगको छलफल पछि पुर्ब उप-प्रधानमन्त्री समेत रहेका नेता सिंहले जनताका समस्या समाधान गर्न आन्तरिक समस्या देखाउन नहनुने जिकिर गर्दै जनताले दुःख पाउनु आफूलाई राम्रो नलाग्ने भनेका थिए । पुरानो बानेश्वर भीमसेनगोला, मिलन चौक, कात्यानी चौक, खारीबोट, संगम चौक लगायतका स्थानमा मेलम्ची, सडक बिस्तार, वडा कार्यालय बिद्युत, खानेपानी, सडकबिभाग लगायतको समन्वय नहुंदा एक बर्ष भन्दा अगाडीबाट सडकको अवस्था ज्यादै नाजुक छ । बिशेष गरी वडा नम्बर ३४ मा पर्ने उक्त क्षेत्रका जनताले सास्ती पाएपनि वीर गणेसमानका पुत्र एब् भाबी काँग्रेस सभापतिका रुपमा समेत हेरिएका नेता सिंह संमन्धीत निकायसंग जंगिएका हुन् ।

टेलिफोनमा नेता सिंहले कुनैपनि हालतमा उक्त बाटो मर्मत गर्न चेतावनी दिद्यदै आफू दुई चार दिन मात्र पर्खने बताएका छन् ।