राजनीति

सह-अध्यक्ष दहालले नोबेल पुरस्कार प्राप्त गर्ने कल्पना गर्नुपनि लाज हुन्छ : नेता डा. खड्का

काठमाण्डौ । नेपाली काँग्रेका केन्द्रीय सदस्य डा. नारायण खड्काले नेकपाका अधयक्ष पुष्पकमल दहाललाई भारत भ्रमण जाँदा नोबेल पुरस्कार पाउने भूत् चढेको बताएका छन् । नेता डा. खड्काले माओबादीका तत्कालीन अध्यक्ष दहालको नेतृत्वमा माओबादीको जनयुद्धको समयमा १७ हजार नेपालीको जयानलिएको बिर्षेको संकेत गर्दै नेपालका राष्ट्रपति बिद्यादेबी भण्डारीबाट उक्त पुरस्कार प्राप्त गर्न ब्यंग्य गरेका छन् । पूर्बमन्त्री समेत रहेका खड्काले नेकपाको दुईतिहाई मतको सरकार भएका बेला आफ्नै पार्टीकी नेतृ समेत रहनुभएकी राष्ट्रपति हुनुहुन्छ त्यही समयमा शान्ती पुरस्कार लिन सजिलो हुने ब्यंग्यात्मक सल्लाह अध्यक्ष दहाललाई दिएका छन् ।

उनको स्टाटसले दहालले ऊक्त मनोकाँक्षा राख्नु हास्यास्दमात्र नभएर कल्पना गर्न पनि नसुहाउने भन्न खोजेको देखिन्छ । उदयपुरलाई राजनीतिक क्षेत्र बनाएका डा. खड्का नेपाली काँग्रेसका बौद्धिक नेतामा गनिन्छन् ।

डा. खड्काको स्टाटस, ‘तत्कालीन माओवादीका अधक्ष्य हाल नेकपा का सह अधक्ष्य पुष्प कमल दाहालजी लाई नोवेल शान्ति पुरुष्कारको आकंक्षाको भुत सवार भएको रहे छ । हालै भारतको दिल्लीमा कुनै एक कार्यक्रममा हिन्दीमा भाषण गर्दै आफुलाई नेपाली भएकै नाताले सो पुरुष्कार न दिईएको भन्नुभयो । क्या वात है !! अनी “शान्ति” पुरुष्कारको अर्को पक्ष चाही को नी ? पूर्व राजा ज्ञानेन्द्र कि ने का का नेता गिरीजा बाबु ? अनी ती सत्र हजार या उन्का परिवारलाई कस्तो न्याय दिने , सवै भन्दा पहीला नेपालका सम्माननिय राष्टपतिवाट शान्ति पुरुष्कार प्राप्त गरे कसो होला । सजीलो उपाय त त्यही छ, होईन ।”