विचित्र संसार

३० जनालाई मारेर मान्छेको मासुको अचार बनाउने यो जोडी !

काठमाडौँ । रुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई पक्राउ गरेको छ । जोडीले आफ्नो अपराध स्विकार गरेका छन् । उनीहरुले सन् १९९९ देखि अहिलेसम्म ३० जनालाई मारेर उनीहरुको मासु खाएको स्विकारेका छन् । पुलिसले यो जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ । मानव मासुको बनाएर राखेका थिए अचारः पुसिल रिपोर्ट अनुसार क्रासनोदर रुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई पक्राउ गरेको छ । जोडीले आफ्नो अपराध स्विकार गरेका छन् । उनीहरुले सन् १९९९ देखि अहिलेसम्म ३० जनालाई मारेर उनीहरुको मासु खाएको स्विकारेका छन् । पुलिसले यो जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ ।

मानव मासुको बनाएर राखेका थिए अचारः पुसिल रिपोर्ट अनुसार क्रासनोदर सिटिमा बस्ने ३५ वर्षका दिमित्री बोकेशेवले मानिसलाई मारेर उनीहरुको मासु खाने सिलसिला सन् १९९९ देखि सुरु गरेको स्विकारेका छन् । दिमित्रीले उक्त अपराधमा उनकी ४२ वर्षीया नर्स श्रीमती नतालिया पनि समावेश भएको जानकारी दिए । पुलिसले नतालियालाई पनि पक्राउ गरेको छ ।

यो जोडीले मानव मासुलाई थुप्रै दिनसम्म फ्रिजरमा राख्ने गरेको र उक्त मासुको अचार पनि बनाउने गरेको खुलासा भएको छ । उनीहरुले घरमा नै एउटा भण्डार बनाएका थिए जहाँ उनीहरु आफ्ना शिकारीको शरिरको टुक्रा राख्थे र उनीहरुसँग सेल्फी पनि खिच्थे । उक्त भण्डारबाट १९ वटा छाला पनि बरामद गरिएको छ । यसबाट यो पत्ता लाग्छ कि आरोपीले हत्या पछि शवबाट छाला निकाल्ने गर्दथे ।

लागुपदार्थ दिएर बनाउँथे शिकारः पुलिसको एक रिपोर्ट अनुसार अहिलेसम्म दिमित्री र नतालियाको भेट र विवाह कसरी भयो भन्नेबारे जानकारी आएको छैन । यद्यपी, उनको परिवार मिलिट्री एकेडेमीको क्वार्टर होस्टेलमा बस्ने गरेको पत्ता लागेको छ । अहिले यी दुबैलाई हिरासतमा राखिएको छ । उनीहरुले मानिसहरुलाई लागुऔषध दिएर आफ्नो शिकार बनाउने गरेको बताइएको छ । लागुऔषधको नशा चढेपछि उनीहरुको हत्या गरिने पनि खुलासा भएको छ ।आरोपीहरुको मनोरोग सम्बन्धि परिक्षण पनि गरिएको छ जसमा दुबै मानसिक रुपमा स्वस्थ बताइएको छ । –एजेन्सीको सहयोगमा