राजनीति

प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेका पाँच विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘उपभोक्ता संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘रोजगारीको हकसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गर्नुभयो । विकास तथा प्रविधि समितिका ज्येष्ठ सदस्य जिपछिरिङ लामाले ‘आवासको अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरे ।

शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘जनस्वास्थ्य विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५’ पेश गरे । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ पेश गरे ।