राजनीति

निर्मला हत्याकाण्डविरुद्ध उत्रियो कांग्रेस, संसद नै पार्यो ठप्प

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबार संसद अवरुद्ध गरेको छ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको विरोधमा कांग्रेसले संसद अवरुद्ध गरेको हो । सभामुखले बैठक सुरु गर्दा कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । सभामुखले पटकपटक बस्न आग्रह गर्दा समेत उनीहरुले मानेनन् ।

समय माग गरेर बैठकमा बोल्दैँ कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले यो घटनाले राज्य संरक्षित अपराधनको स्वरुप लिएको बताए । उनले अनुसन्धान वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि घटनालाई कसरी दबाउने भन्नेतर्फ केन्द्रित भएको आरोप लगाए ।

बैठक केहीबेरका लागि स्थगित भएको छ ।

राष्ट्रपतिलाई निर्मलाका आमाको प्रश्नः निर्मलालाई जस्तैँ तपाईको छोरीलाई गरिएको भए तपाईलाई कस्तो लाग्थ्यो ?

गृहमन्त्रीले निर्मला हत्याकाण्डबारे जवाफ दिने भएपछि कांग्रेसको अवरोध हट्यो