प्रदेश 1

‘राजधानीको नाम चाँडै टुङ्गिन्छ’

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताएका छन् ।

झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताए । प्रदेशको नामका लागि कोशी, सगरमाथा, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको उनले स्पष्ट पारे । उनले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै लगाउने बताए ।

मन्त्री कार्कीले विपत् व्यवस्थापन, शान्तिसुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताए । उनले दमकका व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्न दोषीले उन्मुक्ति नपाउने स्पष्ट पारे ।