आर्थिक

जगदम्बा मोटर्सले गर्यो टिभिएसको एनर्टक १२५ स्कुटर नाडा अटो शोमा सार्वजनिक

काठमाडौं । टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ ।

एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुर्वती मूल्य रु २,२४,९०० रहेको छ ।

टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै एस अरुण कुमारले भने, टिभिएसले आफ्ना उत्पादनहरु अत्यन्तै महत्वका साथ उत्पादन गर्ने गरेको छ जुन ग्राहकका लागी अनिवार्य रहेका हुन्छन् । हामीले टिभिएस एनर्टक निकै आर्कषक तथा फिचरको धनि स्कुटरको रुपमा नेपाली युवामाझ ल्याएका छौ । यसले नेपाली उपभोक्तको मन जित्ने छ । यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर हो ।

भिएस एनर्टक १२५ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ । बिगत ४ बर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ ।