आर्थिक

लगानिकर्ताहरुको उत्साहजनक सहभागिता

काठमाडौं । एनआइसी एसिया बैंकले विक्री खुला गरिएको रु. १ अर्ब ८३ करोड बराबरको “११% एनआई सी एशिया ऋणपत्र २०८२÷८३” प्रति व्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट उत्साहजनक सहभागिता भई पूर्ण रुपमा आवेदन प्राप्त भएको जानकारी दिएको छ ।

७ वर्षको अवधिमा परिपक्वहुने यस ऋणपत्रको व्याज दर ११% रहेको छ । प्रति ऋणपत्र रु. १,०००/– अंकितमुल्यका १८,३०,००० कित्ताले हुन आउने रु.१,८३,००,००,०००/– मध्ये रु १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्नव्यक्तिवा संघ संस्थालाई व्यक्तिगत तवरबाट विक्रीखुला गरिएकोमा मंगलबारसम्ममा करीब रु. २ अर्ब १६ करोड (१४८ प्रतिशत) को आवेदन प्राप्त भएको, जुनमाग गरिएको भन्दा ४८ प्रतिशतले बढी रहेको र त्यसै गरी रु ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री खुला गरिएकोमा मंगलबारसम्ममा करीब रु. ४४ करोड (१२०प्रतिशत) आवेदन प्राप्त भएको, जुन माग गरिएको भन्दा २० प्रतिशतले बढी रहेको र दुवै तर्फ गरी कुलकरीब रु. २ अर्ब ६० करोड (१४२ प्रतिशत माग गरिएको भन्दा ४२ प्रतिशतले बढी) को उत्साहजनक आवेदन प्राप्त गरिएको छ ।

जारी गरिएको ऋणपत्र द्वितिय बजारमा खरीदविक्रीको लागि सूचिकृत गरिनेछ ।

नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशिल क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएतापनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।