आर्थिक

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मगंलबार थप २ वटा शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ । थप गरिएका २ वटा शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग सेवासंख्या १०२ पुगेको छ ।

बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा आफ्नो १०१ औँ र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त दुवै शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ ।

चारपलामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय नारायण प्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानिय उत्तम पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।