मनोरञ्जन

मदन कुमार र गायिका संगिताको आवाजमा “फुल फुल्यो पँहेलै” बजारमा (भिडियोसहित)

काठमाडौं । डिलाईट फिल्मसको प्रस्तुतीमा गायक मदन कुमार थापा र गायिका संगिता तिम्सिनाको आवाजमा ” फुल फुल्यो पँहेलै ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली पन झल्कने मौलिक शब्द तथा लयलाई प्रस्तुत गरिएको छ ।

मायालुलाई गीतमा निकै रमाइलो पारामा फकाइएको छ । आफनी मायालुलाई बाटो छेकेर कुरेको कुरालाई गीतमा निकै रमाइलो पारामा ब्यक्त गरिएको छ ।

शशि विक्रम थापाको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । बजारमा निकै कम मात्रामा मैलिक भाकामा आइरहेको अवस्थामा लोक पारखी मनहरुमा बस्न सफल बन्नेमा आफु आशावादी रहेको गायक मदनले बताए ।

गीतको भिडियोलाई शिव पंगेनीको छायाँकन, अनिल कुमार मर्हजनको सम्पादन तथा कुशल भिडियो निर्देशक शशि विक्रम थापाको निर्देशन रहेको छ । मौलिक गीतमा कुमार, निर्जला , कृष्ण, विक्रम , राजेश, सुधा, कमल, दिपेन र कौशिलाको अभिनय तथा नित्य रहेको छ ।