आर्थिक

मन्त्री बिष्ट भन्छन्ः ५ बर्षभित्र सबै युवालाई नेपालमै रोजगारी दिन्छौँ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ बर्षभित्र रोजगारीका लागि विभिन्न देशमा रहेका युवालाई नेपालमै रोजगारी सिर्जना गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । सूर्यखबरसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बिष्टले नेपालमा विकास हुन नसक्नुको प्रमुख कारण युवाजनशक्तिको अभाव रहेको बताएका हुन् ।

आफूले मन्त्रालय सम्हालेको करिव ३ महिनामा डेढ दर्जन सुधारका कामहरु अघि बढेको र अब त्यसले थप तीव्रता पाउने बताउदैँ मन्त्री बिष्टले आगामी एक बर्षभित्रै लाखौँ युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताए ।

“नेपालको व्यापार घाटा न्यून गर्ने, पूर्वाधारलाई सबल बनाउने, जलस्रोत, कृषि, पर्यटन, उद्योग स्थापना लगायत क्षेत्रहरुको विकास गरी देशमा समृद्धि ल्याउने सन्दर्भमा ठूलो जनशक्तिको आवश्यकता पर्दछ, मन्त्री बिष्टले सूर्यखबरसँग भने, त्यसको लागि श्रम बजार, प्राकृतिक स्रोत साधनको परिचालन नेपालको विकासको आवश्यकतासँग तालमेल मिलाउने गरी जनशक्तिलाई उत्पादन गर्ने, प्रािक्षशित गर्ने र सामेल गराउने र स्वदेशमै लाखौँका लागि रोजगारीका अवसरहरु सिर्जना गर्नेगरी अगाडी बढ्नु जरुरी छ र यो काम अहिले हाम्रो प्रमुख काम हो ।”

आगामी पाँच बर्षमा विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने भनेर सरकारको नीति कार्यक्रममै समेटिएको बताउदैँ उनले

बजेटले पनि रोजगारीलाई उच्च प्राथमिकता दिएको भन्दैँ मन्त्री बिष्टले रोजगारीका आधारहरु खडा गर्ने कुरा ज्यादैँ कठिन चुनौती भएतापनि बेरोजगारीलाई सम्बोधन गर्नेगरी सरकारले काम गरिरहेको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नेपालमा लाखौँलाई रोजगारी प्रदान गर्ने गरी आधारहरु तयार गरिदैँछन्, हामी यसका लागि अगाडी बढेका छौँ, म्यानपावरहरुमा हुने गरेका बेथितीहरुमा सरकारले गम्भीर रुपमा ध्यान पुर्याईरहेको छ, मन्त्री बिष्टले भने । जहाँसम्म १० हजार रुपैंया तिर्ने सरकारी नियमलाई बैदेशीक रोजगार ब्यावशायीलाईहरुले उलंघन गरेर कामदारहरुसंग बढी रकम लिए भन्ने गुनासो आईरहेको छ त्यसको समाधानको लागि हामी लागि परिहेका छौं । उनले सुर्यखबर प्रतिनिधिसँग भने जनताबाट बैदेशीक रोजगारको क्षेत्रलाई सुधार गर्न आएका सुझाबहरुलाई पनि लागू गर्न एकमीनट नकुर्ने दाबी समेत गरे ।