समाचार

महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास होस्ः मुख्यमन्त्री भट्ट

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले महान् पर्व हरितालिकाका अवसरमा प्रदेशवासी नेपाली महिलाको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।

मुख्यमन्त्री भट्टले आज दिएको शुभकामना सन्देशमा तीज पर्वबाट सम्पूर्ण महिलामा उमंग, उत्साह र हौसला छाओस्, आपसी एकता र सद्भाव कायम रहोस् र महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास हुन सकोस् भन्ने कामनासमेत गरेका छन् ।