राजनीति

पत्रकार बस्नेतको तत्काल रिहाईको माग गर्दै नेविसंघले दियो अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको घटनाले अत्यन्तै दुखी बनाएको बताएका छन् । दृष्ट्रि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको भन्दै खोजतलास डट्कम र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथी हमला भएको अध्यक्ष महरले फेसबुकमार्फत बताएका हुन् । ।

प्रेस स्वतन्त्रतामाथी धावा र ठाडो हस्तक्षेपका गरिएको भन्दैँ यसप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण भएको उनले फेसबुमार्फत जनाएका छन् ।

‘यो सरकारको सर्बसत्ताबादी र निन्दनीय चरित्र हो। अध्यक्ष महरले फेसबुकमा लेखेका छन्, समाचार लेख्ने दृष्ट्रि साप्ताहिकलाई उन्मुक्ती दिने तर राजनितीक रुपमा फरक बिचार राखेकै भरमा समाचार साभार गर्ने पत्रकार बस्नेतलाई पक्राउ गरिनु नितान्त राजनितिक जालसाँझी हो।’

हिरासतमा राखिएका पत्रकार बस्नेतलाई तत्काल रिहाई नगरिए र स्वतन्त्र प्रेसमाथीको ज्यादती र उदण्डता नरोकिए सरकारले ठुलो मुल्य चुकाउॅनु पर्ने महरको भनाई छ ।