खेलकुद

साफ च्याम्पियनसीपः माल्दिभ्सलाई पाखा लगाउदैँ इतिहास रच्ने दाउमा नेपाल

काठमाडौँ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ ।

नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।