राजनीति

देशभर हजारौं तरुण प्रदर्शनले हत्यारा ओली सरकार बिरुद्ध जनता गम्भीर भएको पुष्टी: अध्यक्ष बस्नेत

काठमाण्डौ । काठमाण्डौ, ललितपुर, भक्तपुर लगायत देशभर नेपाल तरुण दलका सातै प्रदेश अनि ७७ वटै जिल्लासमितिहरुले आज जिल्ला प्रशाशन कार्यालयहरु घेरेका छन् । जिल्लाका तरुण दलका सयौं नेता कार्यकर्ताहरुले रोल्पा नगरपालिकाका तरुण दल नगर सभापति मनोज पुनःको गोली हानी हत्या गर्नेलाई कारबाही गर्न, मृतकलाई सहीद घोषणा गरी क्षतीपुर्तिको ब्यवस्था गर्न चेतावीन दिँदै सम्बधीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई हजारौं नेता कार्यकर्ताहरुले ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला प्रशाशन कार्यालय नजिकै नारा लगाउदै उनीहरुले कोण सभा गरेका थिए । उक्र कोणसभापति प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुग्नेगरी उक्त त्रापनपत्र पठाएका छन् ।

देशभर तरुण नेताको हत्याको बिरुद्धमा सफल रुपमा समपन्न भएपछि तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत भन्छन्, “जब अन्याय अत्याचार हुन्छ तब प्रतिशोध जन्मन्छ, जब प्रतिशोध रोक्न खोजिन्छ अनि बिश्फोट हुन्छ
तरुण दल रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्या विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रदर्शन लोकतान्त्रिक आन्दोलनका एक सिपाहीरयोद्धा माथी गरिएको निर्लज्ज आक्रमण बिरुद्धको जन आक्रोस हो ।
आततायी सरकारको आडमा लोकतन्त्र का खातिर कठिन सङर्श गरेका लोकतन्त्रका सिपाहीको हत्या हुनुलाइ तरुण दल एब सम्पुर्ण लोकतन्त्रबादी जनताले निकै गम्भीरता पुर्बक लिएका छ्न् भन्ने कुरा आजको जन/प्रदर्शनले पुस्टी गरेको छ। यो गम्भिर घडीमा हत्यारा सरकारको बिरुद्ध ७७ बटै जिल्ला प्रशासन मा उत्रेका सम्पुर्ण तरुण साथी, लोकतन्त्र र सुशासनका हिमायती नेपाली नागरिकहरुको माग सुनुवाइ होस।
तरुण योद्धा स्व.पुनलाई सहिद घोषणा, पीडित परिवारलाई राहत र हत्यामा संलग्न दोषीमाथि कारवाही गर।
तरुण दल यो नालयक सरकारलाई जनताको जिउधनको सुरक्षा र अपराधीलाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिन चाहन्छ।
लोकतन्त्रको आदर्स, मर्म र जनताको जिउज्यानको रक्षार्थ नेपाल तरुण दल सदैब समर्पित छ र आफ्नो जिम्मेबारी बहन गर्न कदापी पछि हट्ने छैन। “