राजनीति

डा. भट्टराई अमेरिका भ्रमणमा, यस्तो छ कार्यक्रम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि मंगलवार संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन् । डा. भट्टराई आज साँझ अमेरिका प्रस्थान गरेको भट्टराईको स्वकिय सचिवालयले जनाएको छ । भट्टराईको अमेरिका भ्रमण अध्ययनमा केन्द्रित हुने बताइएको छ ।
‘उहाँले यो भ्रमण मुख्यतस् केही प्रश्नहरूका साथ गर्दै हुनुहुन्छ, ‘विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवादरसाम्यवाद दुबै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ ? के यो २१औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ ? नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरूमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ ? नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ ? अरु विकसित देशको अनुभवबाट के सिक्न सकिन्छ ? यिनै प्रश्नहरूको वरिपरि रहेर उहाँले भ्रमणका क्रममा अन्तरक्रिया गर्नुहुनेछ,’ भट्टराईको निजी वेबसाईटमा उल्लेख छ ।
भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्धरप्राज्ञिक व्यक्तित्वहरू, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एसियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एसियालीहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भट्टराईको अमेरिका भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ । नयाँ शक्तिकी नेतृ एवं भट्टराईपत्नी हिसिला यमी भ्रमणमा सहभागी हुनेछिन् । भ्रमण पूरा गरी डा. भट्टराई असोज २२ गते नेपाल फर्किने कार्यक्रम छ । डा. भट्टराईको यात्राको सफलतासहित उक्त कुरा नयाँशक्ती पार्टीकी प्रवास महिला बिभाग संयोजक सरिता ढकालले बताएकी छन् ।