पु.समाचार

नक्कली कार्डको प्रयोग गरी बैंकबाट दशौँ लाख झिक्ने व्यक्ती प्रहरी फन्दामा

काठमाडौं । डिएमके कम्पनिको नाममा सनराईज बैंकबाट प्राप्त पिओएस मेसिनबाट नक्कली कार्डको माध्यमबाट अनाधिकृत रुपमा कारोबार गर्ने प्रदीप न्यौँपाने पक्राउ परेका छन् । वाकोट विदुर स्थायी घर भई हाल जिल्ला काठमाण्डौं तारकेश्वर गैरीगाउँ वस्ने बर्ष २९ को न्यौपानेलाई प्रहरीले नुवकोटको शेराबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

उनलाई उच्च अदालत पाटन बाट ७ दिनको म्याद थप गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भईरहेकको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बैक बाट प्राप्त पिओस मेसिन मा बेलुका ८ बजेदेखी मात्र कार्ड रिड गराउने गरेको खुल्न आएको छ । पटकपटकको प्रयासमा न्यौँपाने २२ लाख बढी रकम झिक्न सफल भएको प्रहरीको भनाई छ ।

शंकास्पद कारोबारबाट ट्रान्सफर भएको रकम डिएमके इम्पोर्ट एण्ड एक्सपोर्ट नामको खाताबाट न्यौँपानले झिक्ने गरेका थिए ।