समाचार

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार धनकुटा जिल्लास्थित नंं.२ बाहिनी अड्डा र बरख गणको निरीक्षण भ्रमण गरेका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भए पश्चात प्रधानसेनापति थापाको यो पहिलो निरीक्षण भ्रमण हो ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनी आज पूर्वी पृतना हे.क्वा. ईटहरीमा मुकाम रहने र बुधबार अन्य युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।