आर्थिक

शिवम् सिमेन्टले ल्यायो उत्कृष्टताको आकाङ्क्षा “शिवम् प्लस” ओ.पि.सि. सिमेन्ट

काठमाडौं । गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकैं नं. १ ओ.पि.सि. सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले “शिवम्ं +” ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ ।

मजबूत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय सिमेन्ट पस्कदै आएको यस शिवम् सिमेन्ट लिमिटेडले “शिवम्ं” ओ.पि.सि. सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।

नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS प्रमाणित यस “शिवम्ं +” सिमेन्टमा थप अटुट COMPRESSIVE STRENGTH रहेको छ जसले निर्माणलाई थप मजबुत र सवल बनाउने छ । यस “शिवम्ं +” ओ.पि.सि. सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरु मध्ये उत्कृष्ट रहेको छ ।

“उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट “शिवम्ं +” ओ.पि.सि.सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।

गुणस्तरीय उत्पादनहरुलाई प्राथमिकता दिने ग्राहकहरुले “शिवम्ं” ओ.पि.सि. सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गर्नेमा आशावादी रहेको सिमेन्टले जनाएको छ ।