आर्थिक

बल्ल थामियो शेयर बजार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८५ बिन्दुले बढेर २५८.०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता शेयर रु ३३ करोड ३२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन् ।

दुई उपसमूहको शेयर ओरालो लागे पनि अरु उपसमूहको शेयर उकालो लाग्दा बजारमा सकारात्मक प्रभाव परेको हो । वित्त क्षेत्र ०.२६ र निर्जीवन बीमा ६५.२८ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ७.२३, व्यापार ०.८४, होटल ४९.४८, विकास बैंक १५.६४, जलविद्युत्् २.८५, उत्पादन २४.७, अन्य ३.७२, माइक्रोफाइनान्स ११.८ र जीवन बीमा १८.६३ बिन्दुले बढेको छ । किसान माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक लगानीकर्ताले गुमाएका छन् ।