पु.समाचार

जापान पठाई दिन्छु भनी करोड बढी ठगी गर्ने मुख्य नाईके दनुवार बसुन्धराबाट नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दैँ ठगी गर्नेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले नियन्त्रणमा लिएको छ । ठगीका मुख्य नाईके सिन्धुपाल्चोक जिल्ला मेलम्ची बस्ने ३३ बर्षिय प्रकाश दनुवारलाई राजधानीको बसुन्धराबाट नियन्त्रणमा लिईएको हो ।

आफू विमान सेक्यूरिटी एण्ड सर्भिसको अध्यक्ष र संञ्चालक भएको दाबी गर्ने उनलाई झण्डैँ एक करोड ३० लाख ५० हजार रुपियाँ ठगेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनी माथि जापानमा सरकारी कोटामा कृषी सम्बन्धी कामको लागी पठाईदिने भन्दैँ २८ जनाबाट प्रतिव्यक्ती ७ देखि १२ लाखसम्म ठगेको आरोप लागेको छ ।

यसअघि ठगी मुद्दामा संलग्न भएको आरोपमा नुवाकोट दुप्चेश्वर-०७ घर भई हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षिया सरिता गुरूङ र जिल्ला उदयपुर, त्रियुगा न।पा। ०९ घर भई हाल का।जि। नेपालटार बस्ने वर्ष २३ को लाल मणि दनुवारलाई गतबर्षको मंसिर ८ गते र ०९ गते पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

अनुसन्धान पश्वात ठगी मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको मंसिर २९ गतेको थुनछेक आदेशले १० लाख धरौटी माग गरेको थियो तर सरिता गुरूङले तिर्न नसकी चलान भएकी थिईन र लाल मणी दनुवार जेठ १५ गते रू १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । सविन प्रकाश दनुवार उक्त मिति देखि नै फरार रहेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विमान सेक्यूरिटी एण्ड सर्भिसको मुख्य काम सुरक्षा गार्डको तालीम दिनु रहेकोमा सो नामको कार्यालयबाट जापानमा कृषी सम्बन्धी काम गरिदैँ आएको, जापानमा प्रति महिना १ लाख २१ हजार ३३३ रूपैया तलब हुने भनी झुठो आश्वासन बाडिएको, चावहिलमा अवस्थित विमान सेक्यूरिटी एण्ड सर्भिसमा रोजगारीमा जापान जानेहरूको लागि नेपाली तथा जापानी प्रशिक्षक समेत बोलाई जापानीज भाषा सिकाएको, पीडितहरूलाई विश्वास दिलाउन दनुवारले आफ्नो सालो नाता पर्ने लालमणि दनुवारलाई समेत जापान पठाउन लागेको भनी जापानीज भाषा कक्षामा सहभागी गराउने गरेको लगायत कुरा खुल्नमा आएको छ ।