आर्थिक

एनएमबिको तलब खाताको उत्साहजनक सहभागीता

काठमाडौं । तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ ।

७% उच्च ब्याज दर प्रदान गरिने यस खातामा बैंकले विभिन्नसुविधाहरु निशुल्क उपलब्ध गराएको छ, जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे रु.५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।

“नेपाल सरकारर्को हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो ।

एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं” एनएमबिले जनाएको छ ।

बैंकले एनएमबि मार्फत प्रदान गरेको छ । एनएमबि तलब खाता देशको दीगो अर्थतन्त्रका खातिर योगदान पु¥याइ रहेका लाखौं लाख तलबी जनशक्तिहरु प्रति बैंकद्वारा प्रदत्त एक सम्मान हो ।” बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।