समाचार

फ्रेन्डस सर्भिस काउन्सिल २७ औ बर्षमा, डा. कोइरालाको नेतृत्वमा नयाँ बोर्ड

काठमाडौं । विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फ्रेन्डस सर्भिस काउन्सिल नेपाल २७ औ बर्षमा प्रवेश गरेको छ । यस अबसरमा संस्थाले शनिबार आफ्नो २० औ साधारणसभा तथा ८ औ महाधिवेशन गरेको छ ।

प्रदेश नम्बर ३ का सांसद माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बार्षिक सामाजिक लेखा परिक्षणसमेत गरिएको थियो । साधारण सभामा सस्थामार्फत संचालानामा रहिरहेका प्रगति परियोजना, खानेपानी तथा सरसफाई परियोजना, जीविकोपार्जन कार्यक्रमलगायत संस्थाले गर्दै आएका सम्पूर्ण गतिबिधिका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै सांसद माधव पौडेलले सामाजिक संघ सस्थाहरु धेरै खुल्ने भएपनि कमै संस्थाहरु निरन्तर समाज सेवामा रहन सक्ने संस्था फ्रेन्डस सर्भिस काउन्सिल नेपालमात्रै आफूले देखेको बताए ।

उनले २७ बर्षसम्म निरन्तर समाज सेवामा लागिरहनु अर्थपूर्ण रहेको बताए । उनले प्रदेशसभामा सामजिक बिकास संघ संस्था ऐन मस्यौदामाथि छलफल चलिरहेको बताउँदै उक्त ऐन कार्यन्वयनमा आएपछि गैससहरुलाई अनुगमन मुल्यांकन गर्न र सरकारको बिकास साझेदारका रुपमा संगै हिड्न सहज हुने बताए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिका सदैव गैरसरकारी संस्थाहरुसंग मिलेर काम गर्न तयार रहेको बर्ताए । उनले नगरपालिकामा श्रोतका अभाव हुदा जनतालाई नगरपालिकाले सोचे अनुरुप सेवा दिन नसकेको बताउँदै उनले संघसंस्थाहरुसंग भएका श्रोतहरुलाई नगर विकासमा लगाउनुको विकल्प नभएको उल्लेख गरे ।

नगरपालिकामा सबै कार्यहरुला एकरुपता ल्याउन सबै संघसंस्थाहरुलाइ नगरपालिकाको योजनाभित्र ल्याउन नगरपालिकाले व्यवस्था मिलाएको उनले बताए ।

कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले युवा अवस्थामा जोश जाँगरलाइ प्रयोग गर्दै आफ्नै ज्ञान, शिप प्रयोग गरेर शुरु गरेको अभियान २२ जिल्लामा सामाजिक सेवा पु्याउँदै दर्जनौं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्ने हैसियतमा संस्था पुगेको बताए ।

अब नयाँ परिस्थितिमा सामाजिक बिकास संघ संस्थाले आफुलाई सक्रिय बनाइराख्न अन्तर्राष्ट्रिय गैससको मुख ताकेर मात्र नहुने भन्दै उनले आफै आयआर्जन गरेर श्रोत जुटाउन पर्ने उल्लेख गरे ।

उनले स्थानीय सरकारसंग सहकार्य गर्दै जानु पर्ने बताए ।
कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, अन्तराष्ट्रिय रास्ट्रिय गैरसरकारी संस्थाकका प्रतिनिधिहरु, सामाजिक अभियन्ता एवं पत्रकारहरुको उपस्थिति थियो ।

संस्थाको आठौ महाधिबेशनको बन्दसत्रबाट फ्रेन्डस सर्भिस काउन्सील नेपालको आगामी ३ बर्षको लागि प्रा।डा। उमा कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

यस्तै सरोज केसी उपाध्यक्ष माधवी प्रधान महासचिव, जनार्दन आचार्य सचिव गोपालप्रसाद घिमिरे कोषाध्यक्ष र सदस्यहरुहरुमा रंजिता रोका तामाङ, नमिता पौडेल, नारायणप्रसाद आचार्य, डा। निर्मला केसी र अनिता तिमल्सिना सदस्यमा सर्वसम्मत रुपमा चुनिएका छन् । स्थापना कालदेखिका संस्थाका अध्यक्षका रुपमा रहेका सूर्यबहादुर थापालाइ संस्थाको संरक्षकका रुपमा जिम्मेवारी दिइएको निर्वाचन अधिकृत बिष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिए ।