सामाजिक सञ्जाल

सभापति रोहीतका हत्यारालाई कारबाही नगरे आन्दोलनको आँधीबेहरी आउँछ: महासचिब शाही

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका महासचिब मूपेन्द्रजंग शाहीले तरुण दलका रोल्पा नगर अध्यक्ष रोहीत पुन का हत्यारालाई कारबाही नगरे आन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् ।
प्रहरी कार्यालय नजिकै एमाले कार्यकर्ता देब घर्तीले प्रशासनको आडमा हत्या गरेको आरोप लगाउदै यस्ता जघन्य हत्या तत्काल रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्
‘आईतबार दिउँसो रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देब घर्ती लगायत हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम तरिकाले गोलि प्रहार गरि हत्या गरेका छन।इलका प्रहरी कार्यलय बाट पन्ध्र मिटर दुरिमा मात्र रहेको घटनास्थल सुलिचौरमा कम्युनिस्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लियर अपाराधिक र आतंककारी शैलीमा गरिएको यो जघन्य हत्याको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ।
सत्ताको आडमा गरिएको यो अपराधीक घटनाको हत्याराहरुलाइ तत्काल कडा भन्दा कडा कार्बाहिको जोडदार माग गर्दछ। यो आततायी, दुखद र असयै घटनाले हामिलाइ स्तब्ध र आक्रोशित बनाएको छ। नेपाल तरुण दल यो नालयक सरकारलाई जनताको जिउ धनको सुरक्षा र अपराधी लाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिन चाहन्छ। अन्यथा यो सर्बसत्ता बादी सरकारको बिरोधमा आन्दोलनको आधिबेरी सिर्जना गर्न तरुण दल बाध्य हुनेछ। जयनेपाल’