बाग्मती

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपाने हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जगतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ना ५० प ३३११ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सामान्य घाइते भएका चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।