आर्थिक

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । श्री भट्टले आफ्नो बैंकिङ्गकरियर नेपाल इन्भेष्टमेन्ट बैंकबाट १९९८ मा सुरुवात गरी २०११ सम्मआईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको कार्य अनुभब रहेको छ । तत्पश्चात भट्टले मेघा बैंकमा करिब ६ महिना नायब प्रमुखकार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा भट्ट बिभिन्न बैंक तथा बित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रही आएका थिए । श्री भट्टसँग रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रहीकाम गरेको अनुभब समेत रहेको छ ।
कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै श्री भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिलगर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गरे । साथै कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु  बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तकलगायतकम्पानीको विभिन्नपदमा रहीकार्य गर्नुहुने कर्मचारीहरुलाई धन्यबाददिँदै आगामीदिनहरुमा समेत सहयोग गरीदिनु हुनकालागि अनुरोध समेत गरेका छन् ।