प्रदेश 1

पत्रकार बन्धु पोखरेल पुरस्कृत

विराटनगर । खिलेश्वरी पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेलले प्राप्त गरेका छन् । श्री पीताम्बर खिलेश्वरीस्मृति प्रतिष्ठानबाट स्थापित सो पुरस्कारको राशि रु ११ हजार रहेको छ । अग्रज पत्रकार एवं साहित्यकार स्वर्गीय कोषराज रेग्मीले आफ्ना आमा बुबाको नाममा विसं २०४५ मा सो प्रतिष्ठान स्थापना गरेका हुन् । पुरस्कार वितरण गर्दै प्रदेश नं १ का ज्येष्ठ प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले यस्तो पुरस्कारले समाजमा राम्रो काम गर्न हौसला मिल्ने बताए ।

साहित्यकार एवं प्राध्यापक चुडामणि रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार टोपलाल ज्ञवाली, समाजसेवी रामप्रसाद खतिवडा र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापतिसमेत रहनुभएका पुरस्कृत पत्रकार पोखरेलले पनि बोल्नु भएको थियो ।