गण्डकी प्रदेश

बेपत्ताको शव भेटियो

लेखनाथ । कास्कीको बेगनास तालमा शनिबार दिउँसो भएको डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटिएको छ । आइतबार अपरान्ह् सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्ने क्रममा शव फेला पारेका हुन् । नवलपरासी गैंडाकोटका ३२ वर्षीय रवि खनाल, सात वर्षीय शङ्कर खनाल, आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचिन पौडेल, पाँच वर्षीय रञ्जित गैह्रे र १७ वर्षीया मनिषा बजगाईँको शव फेला परेको हो । शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णुवरसिंह थापाले जानकारी दिए ।

डुङ्गा गन्तव्यभन्दा करीब २०० मिटर वरै दुर्घटना भएको थियो । डुङ्गामा सवार १० मध्ये आठ जनाको मृत्यु भएको थियो । दुई जनाको उद्धार गरिएको थियो ।