बाग्मती

सरसफाइ अभियान

चितवन । भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो ।

सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सहायक सडक र शनिबार मुख्य सडक क्षेत्र सरसफाइ गरी सो दिवस मनाउन लागिएको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले सो अभियान अन्तर्गत साताव्यापी कार्यक्रम गर्न लागिएको र यस्मा सहभागी हुन महानगरमा रहेका विभिन्न सङ्घ, संस्था, टोल विकास संस्था, क्लब, सरसफाइ क्षेत्रमा क्रियाशील सङ्घ संस्था, आमा समूह र आम नागरिकलाई आग्रह गरिएकोे बताए ।
हाल महानगरमा दैनिक ६५ टन फोहर सङ्कलन हुने गरेको छ । फोहरलाई कुहिने र नकुहिने फोहरको रुपमा व्यवस्थापन गरी वैकल्पिक ऊर्जाको रुपमा प्रयोग गर्न कोरियाली सरकार र नेपाल सरकारका ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कामअघि बढाउन लागिएको उनले जानकारी दिए ।

उक्त महानगरपालिका– २ र ३ को बिचमा नारायणी नदीको बाँधका रुपमा फोहर व्यवस्थापन गरिँदै आइएको छ भने जलदेवी सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माणका लागि काम पनि भइरहेको जनाइएको छ ।