बाग्मती

मोटरसाइकल दुर्घटनामा एकको घटनास्थलमा मृत्यु

धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।