अन्तर्राष्ट्रिय

द्वन्द्वरत यमनी समूहबीच वार्ताको प्रयास विफल

जेनेभा, स्वीट्जरल्याण्ड । यमनमा द्वन्द्वरत पक्षलाई वार्तामा राख्ने संयुक्त राष्ट्रसङ्घको प्रयास तत्काललाई टरेको छ ।

यमनी विद्रोहीलाई जेनेभामा जान मनाउन असफल भएपछि वार्ताको सम्भावना तत्कालका लागि टरेको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टिन गिफ्रिथ्सले शनिबार पुष्टि गरेका छन् ।

यमनी विद्रोहीले आफुहरू सानाबाट बाहिर गएर वार्ता गर्न नसक्ने बताएपछि वार्ता तत्कालका लागि अवरुद्ध भएको हो । विद्रोहीले आफुहरू वार्तामा बस्न तयार भएपनि वार्ताका लागि उपयुक्त वातावरण बन्न नसकेको प्रतिक्रिया दिएका छन् ।

“यमनी द्वन्द्वलाई अन्त्य गर्न विद्रोही र सरकारलाई एकैस्थानमा बसाएर कुराकानी गराउने प्रयास विद्रोही पक्षधर प्रतिनिधिमण्डल जेनेभा आउन नमानेपछि सफल भएन,” ग्रिफिथ्सले भने ।

अर्को चरणको छलफल कहिले गर्ने भन्नेबारेमा अहिल्यै केही पनि भन्न नसकिने प्रतिक्रिया गिफिथ्सको थियो ।