राजनीति

काँग्रेसले यसरी मनाउदैछ महामानब कोईरालाको १ सय ५ औं जन्मजयन्ती

काठमाण्डौ । नेपाली काँग्रेसले महामानब बीपी कोईरालाको १ सय ५ औं जन्मजयन्ती भब्य रुपमा मनाउने भएको छ । शनिबार मूख्यसचिब कष्णचन्द्र पौडेलले एक बिज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय कार्यालयमा आईतबार १ बजेका लागि काठमाण्डौ ललितपुर र भक्तपूरका काँग्रेस नेता कार्यकर्ताहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

पार्टी कार्यालयमा गरिने उक्त कार्यक्रममा काठमाण्डौमा उपलब्ध भएसम्म सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोईराला लगायत शीष नेताहरु उपस्थििति हुने अनुमान लगाइएको छ । काँग्रेसले मूल पार्टी तथा आफ्ना भातृसंस्थाका तर्फबाट बाँकी सबै जिल्लामा बीपी जन्मजयन्ती मनाउने कार्यक्रम रहेको छ ।
कााग्रेसका बिदेशस्थीत जनसम्पर्कसमितिहरुले समेत २४ गतेका दिन बीपी जन्मजयन्ती मनाउने भब्य तयारी गरेको काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले सुर्यखबरलाई बताए ।