स्वास्थ्य

शर्मा परिवारका पाँच जना नै एक मृगौलामा निर्भर !

उत्तम पौडेल । पर्वत जिल्ला फलेवास नगरपालिका १० का शर्मा परिवारका एकै घरमा ५ जनालाई मृगौलाको रोग लागेको छ । उनीहरु उपचार गराउन नसकेर थलिएर बसेका छन् ।

परिवारका ५ सदस्य मध्य ५ जनालाई मृगौलाको रोग लागेपछी अहिले उपचार गर्न नसक्ने अवस्थामा आफुहरु रहेको त्रिलोचन शर्मा बताउछन् । माईली छोरी श्यामला शर्मालाई १७ वर्ष अगाडि मृगौलाको रोग देखिएको हो । उनलाई त्रिलोचनल मृगौला दिएका हुन । श्यामला लाई मृगौलाको रोग देखिएको ५ वर्षमा उनको दाजु प्रकाश शर्मालाई पनि मृगौलाको रोग नै देखिएको तिलोचनले बताए । मृगौला रोग देखिएको लगभग २० दिनमा प्रकाशका मृत्यु नै भयो ।

त्यसको ५ बर्षपछी तिलोचनको कान्छो छोरा दिपम शर्मालाई मृगौलाको रोग देखियो । तिलोचनको ठुली छोरी दिपकलाई मृगौला दिईन । दिपक अहिले उपचारको क्रममा छन् । त्रिलोचनको प्रेमकला शर्मालाई पनि केही वर्ष अगाडि देखि मृगौलाको रोगले छोएको छ र्। पोखरा स्वाथ्स्य विज्ञान प्रतिष्ठानमा हप्तामा डाइलोसिस गरिहेकी छन् ।

त्रिलोचन भन्छन् अहिले हाम्रो परिवारको आम्दानी केही छैन । छोराले डिभिजन सडक कार्यालय पोखरामा खाएको करारको जागीर पनि गत साउन बाट छुट्यो । अहिले कान्छी छोरीले कोकाकोला कम्पनीमा काम गरेर केही रकम आम्दानीे भएको छ ।

तर उनको परिवारले अहिले महिनाको लागभग ४० हजार रुपैयाँको औषधी मात्र प्रयोग गर्न पर्छ भने विहान बेलुकाको खाना र पोखराको ठाउँमा कोठाभाडा समेत तिर्ने पैसा छैन । पर्वतमा भएको सम्पती सबै छोराछोरीको उपचारको लागि सकिएको तिलोचनले बताए ।

छोरा छोरीको जागिर भएको बेला सम्म आस थियो अब जागिर संगै आस मर्दे गएको छ । उनले बेला बेलामा विभिन्न सरकारी निकायमा धाएर छोरा र छोरीलाई करारमा जागिर खुवाएका थिए । तिलोचनको परिवारलाई सरकारले दिएको सहयोग भनेको जागरि पनि अहिले खोसीएको छ ।

अव उपचार गर्नको लागि पैसा पनि छैन । कोही सहयोग दातले हाम्रो परिवारलाई नै बचाउन आग्रह गरेको छु । उनलाई सहयोग गर्ने चहानेले नेपाल एसबिआइ बैकको दिपक शर्माको १८९१५२४१४०८२३१ पैसा राखिदिन अनुरोध गरेका छन् ।

तिलोचनको छोरा दिपकले पैसा सहयोग गर्ने भन्दा आफुहरुलाई रोजगार दिलाईन अनुरोध गरेका छन् । पैसाले दिएको समयमा मात्र हुने भन्दै उनले जागिरबाट लामो समय सम्म आन्दानी हुने भन्दै जागिरको माग गरिरहेका छन् ।