आर्थिक

जनधन बचत तथा ऋण आजबाट १० औँ बर्षमा

काठमाडौ । जनधन बचत तथा ऋण सहकारी संस्थाले आज काठमाडौमा १० औं बार्सिक उत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । स्थापनाकालमा १० लाख शेयर पुजि जम्मा गरेको भएपनि हाल एक करोड पच्चिस लाख भन्दा बढी पुजि जम्मा गरेको छ ।

कार्यक्रममा जर्मनीबाट स्थापना भएको बताउदै सहकारी बिभागका बरिस्ठ अधिकृत नवराज साप्कोटा ३ बर्गले खोल्ने त्यस्मा पहिलो उत्पादक बर्गले, दोश्रो उपभोक्ता बर्ग र तेस्रो श्रमिकले खोल्ने बताएका छन ।

कार्यक्रममा बोल्दै उनले सहकारीमा रकम भन्दा ऋणि र संचालकको इमानदारीता मुख्य रहेको बताएका थिए । सस्थाका अध्यक्ष केदर प्रसाद उप्रेतीको अध्यक्षता मा केक समेत काटेर जन्मदिन मनाइएको थियो ।

सस्थाका सचिव कृष्ण बस्नेतले सदस्यहरुलाइ सेयर रकम थप्न आग्रह गर्दै सहकारीलाई अगाडि बढाउन सबैको सहयोग आवश्यकता चाहिने बिचार राखेका थिए ।

रास्ट्रगानबाट सुरु गरिएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तेज प्रसद कंडेल, सुर्यखबर डट कमका प्रधान सम्पादक बाबुराम आचार्य, समाजसेवी अमरबहादुर श्रेष्ठ, प्रकाशपुर मधुवन समाजका अध्यक्ष खड्गबहादुर राउत लगायत उध्योगपति ब्यापारीहरुले आफ्नो बिचार राखेका थिए ।

उत्कृष्ट बचतकर्ता, ऋणि, कर्मचारीहरुलाइ विशेष सम्मान गरिएको उक्त कार्यक्रममा उल्लेख्यमात्रामा उपस्थित महिलाहरुलाइ नाचगानसहित तीजमनाउने कार्यक्रम समेत रहेको थियो । संस्थाले हालसम्म झण्डै ६ करोडको कारोबार गरेको छ ।