अन्तर्राष्ट्रिय

चीनसँगको व्यापार विवाद अन्त्य गर्न वार्ता जारीः ह्वाइट हाउस

वासिङ्टन । चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा छलफल भइरहेको जनाएको छ ।
ह्वाईट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोले शुक्रबार दिएको जानकारी अनुसार वार्ता सकारात्मक रूपमा अगाडी बढिरहेको छ र आशा गर्ने ठाउँ देखिएको छ ।

“हामी लगातार छलफलमा छौँ, चीनले आफै समस्याको समाधान दिनेछ, अव यो भन्द समस्या हुनेछैन,” उनेले भने ।