आर्थिक

कैलाश विकास बैंकको नयाँ शाखा खुल्यो

काठमाडौं । शुक्रबारका दिन कैलाश विकास बंैकको कास्कीं हेम्जा शाखाको औपचारिक समुद्घाटन सम्पन्न भएको छ ।

उक्त शाखाको समुद्घाटन पोखरा–महानगरपालिका मेयर मानबहादुर जिसी बाहुलीबाट एक समारोहका बिच सम्पन्न भएको छ । उक्त समारोह संस्थाको संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

कैलाश विकास बैंकको यस शाखाबाटसबै प्रकारका कर्जा,निक्षेप,रेमिटान्स, कारोवार सहितसम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुनेछन् ।
हालयस बैंककोशाखा संख्या ६८पुगेकाछन् भने ब्त्ः संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा झापाको बिर्तामोड, सुर्खेतको छिन्चुबजार,सुनसरीको धरानलगायतअन्यविभिन्नठांउहरुमाशाखा संचालनगर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थालेहाल सम्म रु.२२अर्व८६करोड निक्षेपसंकलन गरीरु.२० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छभने २०७४/०७५को अपरिष्कृत वित्तीयबिवरणबमोजिम ५५ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्र्दै आएको छ ।

यस संस्थाले नेपालचार्टर्ड एकाउन्टेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको छ भने नेपाल राष्ट्र बैंकको रजतजयन्तीको अवसरमा उत्कृष्टवित्तीय संस्थाको सम्मानलगायतअन्य सम्मानहरु समेत प्राप्त गरेको छ ।