समाचार

सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दैँँ सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिएकामा आपत्तीजनक भएको बताए ।

उनले अर्का श्याम श्रेष्ठलाई मारेर स्वयम्भूमा ट्याक्सीमा हालिएको अवस्थामा फेला पारिएको र सङ्गीन जिसीलाई मारेर झाडीमा फालिएको घटनालाई सरकारले गम्भीररुपमा नलिएको बताए । सांसद रामचन्द्र राईले सम्पदा पुनःनिर्माणमा भइरहेको ढिलाइले मौलिक पहिचान गुम्ने खतरा रहेको बताए ।

सांसद जीवन बूढाले कर्णाली प्रदेशका विभिन्न जिल्लामा हावाहुरी, बाढी, पहिरोको जोखिम बढेकाले समस्या समाधान गर्न माग गरे । सुर्खेत, जुम्ला सडकमा सवारी आवागमन अवरोध आएकाले हटाउन ध्यानाकर्षण गराए ।